बीमा प्राधिकरण र दि ओरिएन्टलका उच्च पदाधिकारीहरूबीच समसामयिक बीमा विषयमा छलफल

३ पुष २०८२, बिहीबार ११:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरण र दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी भारतका उच्चस्तरीय पदाधिकारीहरूबीच प्राधिकरणको केन्द्रीय कार्यालयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त छलफलमा बीमा क्षेत्रका विद्यमान चुनौतीहरू र समसामयिक विकासका विविध पक्षहरूमा केन्द्रित रही गहन विचार(विमर्श गरिएको छ ।

छलफलमा दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी, भारतका अध्यक्ष एवं प्रबन्ध निर्देशक संजय जोशीको विशेष उपस्थिति रहेको थियो। उहाँका साथमा कम्पनीको नेपालस्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती, नायव प्रमुख कार्यकारी अधिकृत सुश्री सिरीशा मारुजोला, वरिष्ठ प्रवन्‍धक श्री मान बहादुर ढकाल र उप(प्रबन्धक कृष्ण के।सी। लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपाल बीमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक कुन्दन सापकोटा र निर्देशक ध्रुव तिमिल्सिनाले कम्पनीका पदाधिकारीहरूलाई स्वागत गर्दै नेपाली बीमा बजारको वर्तमान अवस्था र नियामक प्राथमिकताका बारेमा जानकारी गराएका थिए ।

बैठकका क्रममा दुई देशबीचको बीमा अनुभव आदानप्रदान, संस्थागत सुशासनको पालना र बीमा पहुँच विस्तारका लागि चाल्नुपर्ने रणनीतिक कदमहरूका बारेमा सकारात्मक छलफल भएको छ। यस किसिमको उच्चस्तरीय संवादले नेपालको बीमा बजारलाई थप मर्यादित, पारदर्शी र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास प्राधिकरणले लिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*