नेको इन्स्योरेन्सका सिईओ खड्का एमालेको महाधिवेशनबाट पनि भागे, मतदानै नगरी बेपत्ता

३ पुष २०८२, बिहीबार १२:३२

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका सिईओ रुपमा कार्यरत रहेकै अवस्थामा नेकपा एमालेको केन्द्रीय समिति सदस्यको चुनाव लड्न पुगेका अशोक खड्का केसीले एमालेलाई समेत गम्भिर धोका दिएर भागेका छन् ।

आज विहान सम्पन्न भएको नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि मात्रै होइन, केन्द्रीय सदस्यको उम्मेदवार बनिसकेको अवस्थामा आफूलाई समेत मतदान नगरी भागेका हुन् । दुई महिनाअघि देखि जोडदार तयारीमा लागेका का सिईओ खड्का आज महाधिवेशनबाट मतदान नगरी भागेको पाइएको छ ।

निष्ठा र नैतिकता भन्ने चिजको अभावमा सार्वजनिक कम्पनीको सिईओ हुँदा हुँदै विघटित प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेकपा एमालेको केन्द्रीय सदस्यको रुपमा दोहोरो जिम्मेवारीमा रहेका अशोक खड्का अब एमालेलाई समेत धोका दिएर मतदान समेत नगरी भागेका हुन् ।

नेकपा एमालेको निर्वाचन कार्यालय अनुसार केन्द्रीय लेखा आयोगका सदस्य अशोक केसी खड्काले आज विहान सम्पन्न भएको ११ औं महाधिवेशनमा मतदान गरेनन् । कूल ३६ जनाले मतदान नगरेका मध्ये प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल र नेको इन्स्योरेन्सका सिईओ अशोक केसी दुवै जनाले आफूले आफूलाई समेत मतदान गरेनन् ।

नेकपा एमालेको ११ औं महाधिवेशनको उम्मेदवारहरुको अन्तिम सूचि अनुसार मधेशको भुगोलबाट क्रस. ७.१ उम्मेदवारी दिएका खड्का अन्तिम समयमा संस्थापन अध्यक्ष र प्रतिस्पर्धी ईश्वर पोखरेल दुवै समुहमा नपरेपछि पेण्डुलम बनेका थिए । निर्वाचनमा लज्जास्पद हार हुने देखेपछि उनी आज विहान सम्पन्न भएको मतदानमा भोट हाल्नै नगई भागेको बुझिएको छ ।

परम् सद्विश्वासको आधारमा चल्ने बीमा कम्पनीका सिईओ आफै व्यवसायिक रुपमा अनैतिक बन्दै राजनीतिक पार्टीमा आबद्ध हुन पुगेका थिए । उता, समाजवाद, माक्र्सवादी चिन्तन्, निष्ठा र आदर्शलाई आत्मसात गर्ने नेकपा एमालेको केन्द्रीय सदस्य जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिमा समेत गम्भिर नैतिक विचलन उत्पन्न भई मतदान नै नगरी भागेको घटनाले अशोक खड्कासँग व्यवसायिक विश्वास, बीमा सेवाप्रतिको स्पष्टता तथा राजनीतिक निष्ठा र आदर्श सबै गुमाउन पुगेका छन् । खड्काले पहिचना नै परिवर्तन गरी अशोक केसीको नाममा भोट मागेका थिए ।

बीमापोष्टले उनी महाधिवेसनमा सहभागी भएको बिषयमा निरन्तर समाचार सम्प्रेषण गरेसँगै चुनावमा प्रचार गर्न नपाएको कारण खड्का पछाडि हटेको बुझिएको छ। महाधिवेसन स्थलमा पनि खड्का माक्स, टोपी लगाएर लुकेर नै पुग्ने गरेको र पत्रकार भेट्दा भाग्ने गरेको समेत पाइएको थियो । पछिल्लो समय कम्पनीबाट खुल्ला रुपमा महाधिवेसनमा भोट मागेको बिषयमा चर्को आलोचना भएको थियो भने खड्कामाथि राजिनामाको दबाब आएसँगै महाधिवेसनको भोट हाल्ने अन्तिम दिन जागिर बचाउ गर्न भागेको बुझिएको छ ।

एमालेको ११ औं महाधिवेशनमा मतदान नगरी भागेको सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा सिईओ खड्का सम्पर्कमा आउन चाहेनन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*