बिहिबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
३ पुष २०८२, बिहीबार १५:१४

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले घटेको छ । लगातार तीन दिन बढेको शेयर बजार आज भने ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६६ अकंले घटेर २६१५.०३ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १ करोड १२ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
बजार ओरालो लागेपनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयरमा सर्किट लागेको हो ।
यी १० कम्पनीको शेयर मूल्य बढ्यो सर्वाधिक














