एमाले महाधिवेशनको मैदानबाट भागेका अशोक खड्काले पाए ३७४ भोट

३ पुष २०८२, बिहीबार १५:२८

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा मधेशबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक खड्का उफ केसीले ३७४ मत प्राप्त गरी पराजय भोगेका छन् ।

आज विहान सम्पन्न भएको नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि मात्रै होइन, केन्द्रीय सदस्यको उम्मेदवार बनिसकेको अवस्थामा आफूलाई समेत मतदान नगरी भागेका हुन् । केन्द्रीय सदस्यको उम्मेदवार खड्का मैदानबाट बाहिरीए पनि उनले ३७४ भोट भने पाएका छन् ।

केन्द्रिय सदस्य भुगोल मधेस खुलाबाट खड्का सहित १४ जनामध्ये  हरिप्रसाद उप्रेतीले सबैभन्दा धेरै १५०१ मत प्राप्त गरेका छन् ।
। १४ जनामध्ये पाँच जना उम्मेदावर केन्द्रीय सदस्य मनोनयन भएका छन् ।

नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्काले संस्थागत सुशासन विपरित नेकपा एमालेको केन्द्रीय सदस्य र सिईओ दुवै पदमा भूमिका निर्वाह गरेका थिए । यस नेकपा एमालेको १० औं महाधिवेशन आयोजक समितिमा अशोक केसी नाम राखेर सहभागी भएका थिए । बीमापोष्टका प्रतिनिधिले फोटो खिच्न खोजिरहेको भन्ने सूचना पाएपछि मतदानको दिन आफूलाई समेत भोट हाल्न मतदान स्थलमा आएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*