सालपा विकास बैंकको आईपीओ भोलि बाँडफाँट हुने
३ पुष २०८२, बिहीबार १६:३८

काठमाडौँ । सालपा विकास बैंकको आईपीओ भोलि अर्थात् पुष ४ गते बाँडफाँट हुने भएको छ । कम्पनीले बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ विकास क्यापिटलले शुक्रबार बाँडफाँटको तयारी गरेको हो ।
आईपीओमा ७२ हजार १४० जनाले आवेदन दिएका थिए । आईपीओमा १७ हजार २३८ जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् ।
आईपीओमा ५४ हजार ९०२ जनाको हात रित्तो हुनेछ ।













