सशस्त्र प्रहरीमा ६९ इन्स्पेक्टर, ९ सई र १३१ असई माग (सूचना सहित)

४ पुष २०८२, शुक्रबार ०८:१३

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २०९ जनाका लागि नयाँ भर्ना खुलाएको छ। जसमध्ये ६९ जना इन्स्पेक्टर (निरीक्षक), ९ जना सई (नायव निरीक्षक) र १३१ जना असई (सहायक निरीक्षक) माग गरिएको छ।

साधारण उपसमूहतर्फ ४१ जना इन्स्पेक्टर र १३१ जना असई, कानून उपसमूहमा ७ जना इन्स्पेक्टर, लेखा उपसमूहमा १८ जना इन्स्पेक्टर र चिकित्सक उपसमूहमा ८ जना इन्स्पेक्टर माग गरिएको छ भने स्टाफ नर्स तर्फ ९ जना सई माग गरिएको छ।

साधारण उपसमूहको इन्स्पेक्टरको लागि २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको र असईको लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ। अन्य उपसमूहका लागि तोकिए बमोजिमको योग्यता पूरा भएको व्यक्तिले आवश्यक कागजात सहित माघ ११ गतेभित्र र दोब्बर दस्तूर तिरी माघ २१ गतेभित्र आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*