रिडी पावरले बोलायो २४औं वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?

काठमाण्डौं । रिडी पावर कम्पनी लिमिटेडले २४्औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २५ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा कम्पनीको प्रबन्धपत्र नियमावलीमा संशोधन, विद्युत नियमन आयोग लगायत सरकारी कार्यालयहरुमा कम्पनीको तर्फबाट गर्नुपर्ने पत्राचार लगायत स्वीकृतीका लागि कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको गाडी, स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।
यस्तै, आव २०८१–८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन सहितको असारसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने र आव २०८२–८३ का लागि बाह्य लेखा परीक्षकको निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।
साधारणसभाको प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसमम नेप्सेमा कारोबार भई, कायम भएका शेयरधनीहरु मात्र यस कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन ।













