टेस्लाको गम्भीर त्रुटि: ब्याट्री कम्पोनेन्टमा समस्या हुँदा १३ हजार सवारी रिकल

काठमाडौँ । अमेरिकाको विद्युतीय सवारी निर्माता टेस्लाले ब्याट्री प्याकको एक महत्त्वपूर्ण कम्पोनेन्टमा समस्या देखिएपछि करिब १३ हजार वटा सवारी साधन फिर्ता (रिकल) बोलाउने निर्णय गरेको छ ।
टेस्लाले सन् २०२५ का मोडल ३ र सन् २०२६ का मोडल वाइ सवारी साधन फिर्ता बोलाएको हो । फिर्ता बोलाएको सूचनामा भनेको छ, , “टेस्ला कम्पनीले केही सन् २०२५ का मोडल ३ तथा सन् २०२६ का मोडल वाइ सवारी साधन फिर्ता बोलाएको छ । ती सवारी साधनमा रहेको ब्याट्री प्याक कन्ट्याक्टर असफल हुन सक्ने जोखिम रहेको छ, जसका कारण गाडी चल्ने शक्ति अचानक बन्द हुन सक्छ ।”
ब्याट्री प्याक कन्ट्याक्टरमा देखिएको खराबीका कारण सवारी साधनको शक्ति गुम्न सक्ने र त्यसले दुर्घटनाको जोखिम बढाउन सक्ने चेतावनी पनि दिएको छ ।
टेस्लाले समस्या देखिएको कन्ट्याक्टर निःशुल्क रूपमा प्रतिस्थापन गर्ने जनाएको छ ।













