लाभांश र हकप्रद प्रस्ताव सहित रुरु जलविद्युतले डाक्यो साधारणसभा

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेड को पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै पुस २५ गते काठमाडौंको चावहिलस्थित स्मार्ट प्यालेस एण्ड इभेन्टमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा डाकेको छ।
उक्त साधारणसभाले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५.७८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साथै हकप्रद शेयर जारी गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, १ जना महिला सहित ६ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गतेका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। तथर्स नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस ९ गतेसम्म कायम शेयरधनी मात्रै भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।













