कोशी प्रदेशमा बीमाको दायरा विस्तार तथा ई–रिक्सा बीमाका सम्बन्धमा महत्त्वपूर्ण छलफल

४ पुष २०८२, शुक्रबार १४:५०

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र कोशी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती रमण भण्डारीबीच भेटवार्ता भएको छ । बीमा प्राधिकरणको तर्फबाट निर्देशक ध्रुव तिमिल्सिना र कुन्‍दन सापकोटाको सहभागिता रहेको थियो ।

उक्त भेटवार्तामा समसामयिक बीमा सम्बन्धी गतिविधि तथा कोशी प्रदेशमा ईण्रिक्साको बीमा (E-Riskaw Insurance) का सम्भावनाबारे विस्तृत छलफल भएको प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणले नेपाल सरकार तथा कोशी प्रदेश मन्त्रालयसँग सबै पक्षमा सार्थक सहकार्य गर्न तत्पर रहेको समेत भेटवार्तामा छलफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*