रास्वपा सभापति रवि लामिछाने रिहा

४ पुष २०८२, शुक्रबार १८:२९

काठमाडौँ  । नख्खु कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार रिहा भएका छन्। रुपन्देही पुगेका लामिछानेले कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन्।

उच्च अदालत बुटवलले बिहीबार उनलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएकाले लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए।

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार, लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएका हुन्।

उक्त आदेशअनुसार, तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न अनुमति दिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*