शेयर लगानिकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

४ पुष २०८२, शुक्रबार २०:१४

काठमाडौं । शेयर बजारमा झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको आरोपमा सेयर व्यवसायी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन्। प्रहरीले शुक्रबार काठमाडौंको महाराजगञ्जबाट उनलाई नियन्त्रणमा लिएको छ।

अग्रवाललाई यसअघि पनि साउनमा पक्राउ गरी छोडिएको थियो। यसपटक उनलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत कारबाहीको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबो)को प्रारम्भिक जाँच प्रतिवेदनअनुसार, अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७(ग) बमोजिम भ्रामक सूचना सार्वजनिक गरेर बजारमा भ्रम सिर्जना गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*