ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

६ पुष २०८२, आईतवार ०९:४२

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई असार मसान्तसम्म कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) समेत गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

1766281513048

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*