स्वरोजगार लघुवित्तद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

६ पुष २०८२, आईतवार ०९:४७

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारणसभाबाट पारित भएपछि शेयरधनीमा वितरण हुनेछ।

1766285898145

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*