महुली लघुवित्तले गर्यो ५ प्रतिशत लाभांश घोषणा
६ पुष २०८२, आईतवार ०९:५९

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको विरतणयोग्य संचित मुनाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) घोषणा गरेको हो।
घोषित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको अब बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।
1766206772617












