घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड
६ पुष २०८२, आईतवार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो ।
यता, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर चार हजार १०५ रुपैयाँ पुगेको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।













