प्रभु बैंकका शेयरधनीहरुको हात रित्तो हुने
६ पुष २०८२, आईतवार ११:०६

काठमाडौँ। प्रभु बैंक लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको पुष ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।













