अग्रवाल पक्राउ पछि सम्बन्धित कम्पनीको शेयर धरासायी, अधिकांशको मूल्य राताम्य

६ पुष २०८२, आईतवार ११:३१

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई शेयर मूल्य कृत्रिम रूपमा बढाएको, झुटो कारोबार र मूल्य प्रभावित कसुरमा गरेसँगै उनीसँग सम्बन्धी कम्पनीको मूल्यमा भारी गिरावट आइरहेको छ ।

गत शुक्रबार अग्रवाल पक्राउ परेपछिको पहिलो कारोबारको दिने आज (आइतबार) उनको शेयर लगानी रहेको कम्पनीको शेयर मूल्य राताम्य भइरहेको हो ।

आज सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंकलगायतका कम्पनीको शेयर मूल्यमा भारी गिरावट देखि रहेको हो ।

सीआईबीले अग्रवाललाई जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गरी भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरी करिब ४९ लाख १९ हजार कानुन विपरित नाफा आर्जन गरेको अरोप लगाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*