संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मोसो प्रहार

६ पुष २०८२, आईतवार ११:५१

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धनेश्वर नेपालमाथि कालो मोसो प्रहार भएको छ।

आफ्नै क्वाटरमा बसिरहेका उनलाई करीब ५–६ जनाको अज्ञात समूहले कालोमोसो प्रहार गरेर भागेका हुन्। घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने मोसो दल्नेहरूको खोजीकार्य भइरहेको छ।

ज्योतिष विषयका प्राध्यापक डा. नेपाल नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक समेत थिए। नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको महासचिव समेत रहिसकेका उनी गत वर्षको पुसको पहिलो साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा उपकुलपतिमा नियुक्त भएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*