स्वस्तिक लघुवित्तको शेयर मूल्यमा गिरावट, बिक्री तिर हाबी लगानीकर्ता

६ पुष २०८२, आईतवार १२:४७

काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यको उकालो यात्रा ब्रेक लागेको छ । कारोबारको आएदेखि नै निरन्तर सकारात्मक सर्किट लागि रहेको कम्पनीको शेयर मूल्य आज भने ओरालो लागेको हो ।

कम्पनीको शेयर मूल्य निरन्तर बढेर प्रतिकित्ता तीन हजार ९७ रुपैयाँ पुगेको थियो । तर, आइतबार भने कम्पनीको शेयर सुरुवातदेखि नै राताम्य भइरहेको हो । कम्पनी शेयर मूल्य आइतबार मात्रै प्रतिकित्ता २१५ रुपैयाँले घटेर २८८१.५० रुपैयाँ पुगेको छ ।

अहिले शेयर बिक्री तिर लगानीकर्ता बिक्री तिर हाबी भएका छन् । यो समाचार तयार पर्दासम्म १२ः४५ बजेसम्म कम्पनीको २६ हजार ८३० कित्ता शेयर किनबेच भइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*