निर्जीवन बीमा कम्पनीहरुमा गैरकानुनी क्यासब्याक मौलाउदै, प्राधिकरणको प्रयास पुगेन

काठमाडौं । बीमा ऐन विपरित निर्जीवन बीमा कम्पनीमा मौलाएको गैरकानुनी क्यासब्याक मौलाईरहेको छ । बीमा प्राधिकरणको स्थलगत सुपरिवेक्षणको क्रममा बीमा कम्पनीहरुले बीमा ऐन विपरित क्यासब्याक गरिरहदा समेत मौन बसीरहेको पाइएको छ। बीमा ऐनमा सपष्ट क्यासब्याक गैरकानुनी रहेको भएपनि बीमा प्राधिकरणको मौन नै रहनुलाई बीमा कम्पनीका कर्मचारीहरुले नै गम्भीर रुपमा हेर्न थालेका छन् ।
एक बीमा कम्पनीका कर्मचारीले नाम नखोल्ने शर्तमा अर्का बीमा कम्पनीले क्यास ब्याकको अफर देखाएर बीमा ऐन विरुद्ध कसरी काम गरीरहेको छ भन्ने प्रमाण नै लिएर जाँदा पनि वेवास्ता गरेको बिषयमा गुनासो व्यक्त गरेका छन् । बीमा प्राधिकरणमा उजुरीदेखि प्रत्यक्ष सहभागी भएर गुनासो दिन जाँदा पनि प्राधिकरणले वेवास्ता गरेको उनीहरुको गुनासो रहेको छ।
कम्पनीहरुले ब्यापार पाउन बीमितहरुलाई क्यासब्याकको अफर गर्ने गरेको र क्यासब्याक वितरण गर्ने गरेको जानकारी बीमा प्राधिकरणले पाए पनि स्थलगत रिर्पोटिङ्गमा आएको स्वीकार गरेपनि कारवाही र कम्पनीलाई सचेत गराउने सन्दर्भमा भने प्राधिकरण मौन बसको बिषयलाई लिएर प्राधिकरणका कर्मचारीहरुले नै उच्च अधिकारीमाथि शंका गर्न लागेका छन्।
जुन गैरकानुनी हो । कम्पनीहरुले बीमितहरुलाई क्यासब्याकको अफर गर्ने र क्यासब्याक वितरण गर्ने गरेको थाहा पाएपछि प्राधिकणले टास्क फोर्स नै बनाएर अनुगमन गर्न सुरु गरेको प्राधिकरणका एक अधिकारीले बताए।
सम्पतिको बीमा गर्दा कम्पनीले निश्चित दर रेट तोकेका हुन्छन । कम्पनीले तोकेको दर अनुसार बीमितले बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा यस्तो दर रेट नियामक निकाय प्राधिकरणले नै निर्धारण गरी दिएको हुन्छ ।
प्राधिकरणले तोकेको अवस्थामा कम्पनीहरुले सोही दर रेट अनुसार सम्पतिको बीमा गर्नुपर्ने हुन्छ । कम्पनीहरुले सो दर रेटभन्दा घटाएर बीमा गर्न पाउँदैनन् । तर, व्यवसाय हत्याउनका लागि कम्पनीहरुले अप्रत्यक्ष रुपमा प्राधिकरणले तोकेको दर रेट भन्दा पनि कम रेटमा बीमा गर्न थालेका छन्।
दर रेट घटाउँदा प्राधिकरणको नजर पर्ने हुँदा कम्पनीहरुले क्यासब्याक अफर दिएर बीमा गर्न थालेका छन् । क्यासब्याक अफर भनेको अप्रत्यक्ष रुपमा बीमाको रेट घटाउनु हो । कतिपय कम्पनीले आधा नै क्यासब्याक दिने गरेको बीमा कम्पनीका कर्मचारीहरु नै बताउँछन्।
कम्पनीहरुले छुट भन्दै नगद फिर्ता वा अन्य जिन्सी सामान वितरण गर्ने गरेको एक कम्पनीका कर्मचारीले बताए । उदाहरणका लागि तेस्रोपक्ष बीमाशुल्कमा एक हजार १७५० रुपैयाँ रहेको छ । पोलिसी काटदा कम्पनीहरुले एक हजार १७५० रुपैयाँमै काटछन् । तर सो मोटरसाईकल धनीलाई १०० देखि २०० रुपैयाँसम्म छुट भन्दै नगद फिर्ता वा अन्य कुनै उपहार दिन्छन् । प्रत्यक्ष रुपमा सो पोलिसीको मूल्य एक हजार १७५० नै परेपछि छुट वा उपहार मार्फत रकम फिर्ता गर्दा पोलिसीको रकम वास्तविक मूल्य भन्दा कम हुन्छ । यस्तै, गरी अन्य प्रायोजनमा पनि क्यास जम्मा देखिएपनि भुक्तानी रकम भने शून्य हुने गर्ने गरेको पाइन्छ ।
निर्जीवन बीमा कम्पनीले आफना सेवाग्राहीलाई मात्रै हैन । अन्य कम्पनीका सेवाग्राहीलाई पनि क्यासब्याकको प्रलोभन देखाएर आकर्षित गर्ने गरेको कम्पनीका कर्मचारीहरु बताउँछन् । यो बीमा कम्पनीहरुको एक प्रकारको विकृति हो । यसले अस्वश्य प्रतिस्पर्धा बढ्ने, बीमा कम्पनीहरुको ब्यापर र नाफा घट्ने गर्दछ ।
यस प्रकारको विकृती विषेशगरी सामुद्रिक बीमा, ईन्जिनियरिङ तथा निर्माण कार्यको बीमा, मोटर बीमा लगायत पोर्टफोलियोमा हुने गरेको छ । यसैगरी, मोटर तेस्रो पक्ष बीमामा समेत यस प्रकारको विकृति मौलाएको कम्पनीकै दाबी छ ।
वापतको रकम एउटा बास्केटमा राख्ने अनि व्यापारको अनुपात र समानताका आधारमा वितरण गरिएको छ । यस अवस्थामा धेरै व्यापार गर्नेको हिस्सा पनि कम व्यापार गर्नेलाई बाढिन्छ । यस प्रकारको बीमामा पनि क्यासब्याक विकृती देखिएपछि यसलाई नियमन गर्न प्राधिकरण विफल देखिएको छ।













