मर्जर र लाभांश प्रस्ताव सहित नबिल बैंकले बोलायो साधारणसभा

७ पुष २०८२, सोमबार ०८:१०

काठमाडौं । नबिल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्सस क्लबमा बिहान ११ः१५ बजे ४१औं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जरमा जान वा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साथै गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

१ जना संस्थापक शेयरधनीको निर्वाचन गर्ने, गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १४ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*