सलिकोको साधारणसभा पुस २९ गते, १५ प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे २९औं वार्षिक साधारणसभा डाकेको छ।
सभाले चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै संस्थागत सामाजिक उत्तदारयित्वमा भएको खर्च अनुमोदन गर्नेछ।
त्यसैगरी गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ नेप्सेमा पुस १७ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।













