दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

७ पुष २०८२, सोमबार ०९:०६

काठमाडौं । आज पुस ७ गते दुई कम्पनीहरू सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि पुस ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा यी कम्पनीहरूको शेयर किन्नेले सम्बन्धित कम्पनीको लाभांश पाउनेछन्।

सिटिजन लाइफले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कर सहित) र एचआईडीसीएलले २ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेका छन्। यो प्रस्ताव पारितका लागि सिटिजन लाइफको पुस १८ गते र एचआईडीसीएलको पुस २१ गते वार्षिक साधारणसभा बस्दैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*