माया खोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने
७ पुष २०८२, सोमबार १०:४०

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले आगामी साधारण सभामा हकप्रद प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद प्रस्ताव पारितका लागि पुष २८ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज मिति तय गरेको छ ।













