जेनजी समूहलाई काठमाडौं प्रशासनको रोक, विरोध प्रदर्शनको अनुमति अस्वीकृत

७ पुष २०८२, सोमबार ११:०९

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमति माग्न प्रशासन पुगेको जेनजी समूहको टोलीलाई प्रशासनले प्रदर्शन गर्न नदिने निर्णय गरेको हो ।

सोमबार (पुस ७) जेनजीका विभिन्न समूहले आन्दोलन गर्न पाउनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका थिए । तर प्रशासनले सार्वजनिक शान्ति–सुरक्षालाई ध्यानमा राख्दै कुनै पनि समूहलाई प्रदर्शनको अनुमति नदिएको जनाएको छ ।

आइतबार (पुस ६) आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नलिई नै सडकमा उत्रिने उद्घोष गरेका थिए । सोही घोषणापछि सोमबार उनीहरू अनुमति माग्दै प्रशासन कार्यालय पुगेका हुन् ।

जेनजी समूहले सोमबार बिहान ११ बजेदेखि माइतीघरमा विरोध प्रदर्शन गर्ने जनाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*