ब्रिटिस कलेजद्वारा विद्यार्थीमाथि दादागिरी, भयो यस्तो लफडा

७ पुष २०८२, सोमबार १२:१३

काठमाडौँ । शिक्षाको नाममा खुलेआम कमाउधन्दा चलाइरहेको आरोप खेप्दै आएको द ब्रिटिस कलेज अहिले विद्यार्थीको चर्को विरोधको केन्द्रमा पुगेको छ । आफूहरूबाट करोडौँ रुपैयाँ असुलेर पढाइ नगरी प्रमाणपत्र बेचबिखन गरिएको तथ्य बाहिरिएपछि कलेज परिसतनावग्रस्त बनेको हो ।

ठगीको शिकार भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएपछि कलेज सञ्चालक महेन्द्र कंडेल र विद्यार्थीबीच तीव्र विवाद उत्पन्न भएको छ । ब्रिटिस कलेजले उच्च शिक्षाको सपना देखाएर अभिभावक र विद्यार्थीलाई आकर्षित गर्ने तर व्यवहारमा भने शिक्षाभन्दा व्यापारलाई प्राथमिकता दिने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ । दुई वर्षको अध्ययन गराइदिने आश्वासन दिँदै प्रतिविद्यार्थी ६ लाख रुपैयाँसम्म असुली गरिएको तर छ महिनामै पढाइ छोडाएर अलपत्र पारिएको उनीहरूको गुनासो छ । पढाइ नहुँदा पनि पैसा फिर्ता नदिइएको र प्रश्न उठाउँदा उल्टै धम्की दिइएको विद्यार्थीहरूले बताएका छन् ।

आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले कलेजले ‘ब्रिटिस कलेज’ को नाममा भर्ना लिने तर पछि आफूहरूलाई अन्य कलेजमा पठाउने गरेको गम्भीर आरोप लगाएका छन् । नाम र ब्रान्ड देखाएर भर्ना गराउने तर सम्झौताअनुसारको सेवा नदिने प्रवृत्तिले आफ्नो भविष्य नै अन्धकारमा परेको उनीहरूको भनाइ छ । पढाइको गुणस्तर, कक्षा सञ्चालन, शिक्षकको उपलब्धता र पाठ्यक्रम कार्यान्वयनमा कलेज पूर्ण रूपमा असफल भएको विद्यार्थीहरूको निष्कर्ष छ ।

कलेजले पढाइ नगरी सर्टिफिकेट दिने वा पैसाका भरमा शैक्षिक प्रमाणपत्रको कारोबार हुने गरेको विद्यार्थीहरुको भनाई छ । आन्दोलनरत विद्यार्थीहरूले सञ्चालक महेन्द्र कंडेलसँग पटक-पटक संवादको प्रयास गरे पनि समस्या समाधानतर्फ ध्यान नदिइएको गुनासो गरेका छन् । उल्टै प्रश्न उठाउने विद्यार्थीलाई धम्की, दबाब र मानसिक यातना दिने काम भएको आरोप पनि उनीहरूले लगाएका छन् ।

शिक्षालाई सेवाभन्दा नाफाको साधन बनाउने प्रवृत्तिविरुद्ध ब्रिटिस कलेजले देखाइरहेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*