माइतीघरमा जेन-जीको प्रदर्शन, ५ जना पक्राउपछि सामूहिक गिरफ्तारीको तयारी

७ पुष २०८२, सोमबार १२:५२

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै युवाहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। मिराज ढुंगानाको अगुवाइमा भएको प्रदर्शनका क्रममा प्रहरीले पाँच जना सहभागीलाई नियन्त्रणमा लिएको छ।

प्रदर्शन चलिरहेकै बेला प्रहरीले रविकिरण हमालसहित पाँच जनालाई माइतीघर क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउपछि आन्दोलनमा सहभागी युवाहरूले असहमति जनाउँदै सामूहिक गिरफ्तारीका लागि तयार रहेको सन्देश दिएका छन्।

माइतीघरमा भेला भएका युवाहरूले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सर्वपक्षीय सरकार गठन नगरी निर्वाचन प्रक्रियामा जान नहुने माग राखेका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘जेन–जीको माग चुनाव होइन, सुशासन हो’ भन्ने सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै शान्तिपूर्ण रूपमा आवाज उठाएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*