लाभांश र मर्जर प्रस्ताव राखेर जीवन विकास लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते मोरङ कटहरीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर ०.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्ने र अन्य उपयुक्त लघुवित्तसँग मर्जरमा जानका लागि ढोका खोल्नेछ।
त्यसैगरी गत आवको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, २ जना सर्वसाधारण शेयरधनीको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरिने जानकारी दिएको छ।













