विन्ध्यवासिनी हाइड्रोपावरले लाभांश बाँडी हकप्रद जारी गर्ने

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश वितरण गरी हकप्रद शेयर जारी गर्ने एजेण्डा सहित नवौं वार्षिक साधारणसभा बोलाएको छ।
सभा पुस ३० बुधबार काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणपछि १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी गत आवको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ। नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने, ऋणपत्र जारी गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गरिने जानकारी दिएको छ।













