यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति शेयर किनबेच ?
८ पुष २०८२, मंगलवार १५:११

काठमाडौँ । शेयर बजार झिनो अकंले बढेको छ । निरन्तर घटी रहेको बजार आज भने केही सामान्य सुधार देखिएको हो ।
नेपाल स्टक एक्चसेञ्ज (नेप्से) ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा कायम भएको छ । आज ३ अर्ब ४२ करोड ९८ लाख ९३ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज एसवाई प्यानलको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ९८ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
साथै, सागर डिष्टिलरी, सिइडिबि होल्डिङ, लुम्बिनी विकास बैंकको शेयर सर्वाधिक किनबेच भएको हो ।














