जेनजी आन्दोलनको छानबिन उच्च तहसम्म: रमेश लेखकलाई आयोगको पत्र

८ पुष २०८२, मंगलवार १६:१५

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबीन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ।

आयोगले मंगलबार लेखकलाई पत्र पठाउँदै शुक्रबार बयानका लागि उपस्थित हुन आग्रह गरेको हो। आयोगका अनुसार यसअघि उक्त घटनासँग सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान लिइसकिएको छ।

यसैबीच आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्रमार्फत बयानका लागि बोलाउने तयारी गरेको जनाएको छ। आयोगले घटनाको समग्र सत्यतथ्य पत्ता लगाउन उच्च तहका जिम्मेवार व्यक्तिहरूसँग समेत बयान लिने प्रक्रिया अघि बढाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*