प्रधानमन्त्री सुशीला कार्कीसहित शिर्ष नेताहरुबीच भेटवार्ता

८ पुष २०८२, मंगलवार २१:३९

काठमाडौं । राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्कीसहित शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

शितल निवास राष्ट्रपति भवनमा आज अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा यस्तो समझदारी भएको हो ।

फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ।

राष्ट्रपति कार्यालयका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ।

राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्री सहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*