लाभांश पारित गर्न नेशनल लघुवित्तले बोलायो साधारणसभा

९ पुष २०८२, बुधबार ०९:१४

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३० गते बुधबार बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ।

बोनस शेयर वितरणपछि कायम हुने पूँजीको आधारमा संस्थापक र सर्वसाधारण शेयर अनुपात ७०ः३० हुने गरी प्रिमियममा एफपीओ जारी गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २२ गतेदेखि पुस ३० गतेसम्म शेयर दर्ता किताब बन्द (बूक क्लोज) गर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*