निरन्तर सुनको मूल्यले बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
९ पुष २०८२, बुधबार १०:४८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो तीन दिन यता सुन हालसम्मकै उच्च मूल्यमा कायम भइरहेको हो ।
आज मात्रै सुन तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको हो ।
यता, चाँदीको मूल्य तोलामा एकैदिन १६५ रुपैयाँले बढेर प्रतितोला चार हजार ४२० रुपैयाँ पुगेको छ ।













