बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
९ पुष २०८२, बुधबार १५:१४

काठमाडौँ । शेयर बजार आज झिनो अकंले बढेको छ । बजार पछिल्ला दुई कारोबारको दिने सामान्य वृद्धि देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३७ अकंले बढेर २५८५.८७ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन इन्फिनीटि लघुवित्तका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर प्रतिकित्ता ५० रुपैयाँ अर्थात् ५.३२ प्रतिशतले बढेको हो ।
साथै, नेशनल हाइड्रोपावरको ४.२६ प्रतिशत, सिद्धार्थ बैंकको ३.९७ प्रतिशत र नबिल डिबेञ्चरको ३.८९ प्रतिशतले शेयर मूल्य बढेको छ ।














