आईपीओ निष्कासनको माग गर्दै केबी एग्रो धितोपत्र बोर्डमा
९ पुष २०८२, बुधबार १७:२४

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा केबी एग्रो एण्ड रिसर्च कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले कार्तिक २७ मा बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १० करोड ९७ लाख २५ हजार रुपैयाँ बराबरको १० लाख ९७ हजार २ सय ५० कित्ता शेयर निष्काशनको अनुमति मागेको हो।
कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।













