आज क्रिसमस–डे, देशभर सार्वजनिक बिदा
१० पुष २०८२, बिहीबार ०७:२२

काठमाडौं । आज इसाई धर्मावलम्बीहरूले क्रिसमस–डे पर्व मनाउदैछन्। आज यशु ख्रीष्ट जन्मेको दिनको रूपमा यो पर्व मनाउने गरिन्छ।
इसाई धर्मावलम्बीहरूले आज गिर्जाघरमा गई प्रार्थना गर्दछन् भने सामूहिक रूपमा भोजको आयोजना गर्ने गर्दछन्। त्यसैगरी उपहारहरू साटासाट गर्ने चलन पनि रहीआएको छ।
क्रिसमस–डे को अवसर पारेर आज देशैभरी सार्वजनिक बिदा रहेको छ। आज सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था लगायत नेप्से बन्द रहनेछ।













