घर निर्माण फेस्ट २०८२: ६ लाखमा घरदेखि डोम हाउससम्म, आधुनिक प्रविधि र नवप्रवर्तनको भव्य प्रदर्शन

१० पुष २०८२, बिहीबार १४:५९

काठमाडौँ । घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन डिजाइनसँग जोड्ने उद्देश्यका साथ ‘घर निर्माण फेस्ट २०८२’ आयोजना हुन लागेको छ।

घर निर्माण फाउन्डेशनको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा पुष १२ गतेदेखि हुन लागेको यस फेस्टले घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि लिएर निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवाला सबैलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य राखेको छ।

फेस्टमा ६ लाख रुपैयामै निर्माण गर्न सकिने घर, कमाउने घर, आर्किड भिल्ला, ह्वाइट रुम्स, डोम हाउस जस्ता आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाहरू प्रस्तुत गरिनेछ। साथै घर निर्माणसँग सम्बन्धित सामग्री, प्रविधि, डिजाइन, सेवा तथा समाधानहरू देखाउने १ सय ५० भन्दा बढी स्टलहरू रहनेछन्।

नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दासमेत धेरै ब्रान्डहरूले समान रूपमा आफ्नो उपस्थिती जनाउन, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न र आफ्ना उत्पादन व्यवस्थित तथा आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती भोगिरहेका कारण यस फेस्टको आयोजना गरिएको हो। प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीहरूले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पु-याउन सक्नेछन्।

प्रदर्शनीमा २ सय करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। फेस्ट विशेष र ऐतिहासिक बनाउन विश्व कीर्तिमानी इन्टाको प्रदर्शन गरिनेछ भने जास्मिन पेन्ट्सको सहकार्यमा विश्वकै सबैभन्दा ठूलो ढाका टोपी प्रदर्शन पनि आयोजना गरिनेछ। यसले नेपाली कला, संस्कृति र निर्माण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास लिइएको छ।

युवा पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्न ५० भन्दा बढी कलेजका विद्यार्थी टोलीको सहभागितामा मोडल प्रतियोगिता आयोजना हुनेछ। यसले विद्यार्थीहरूलाई सिर्जनशीलता, नवप्रवर्तन र प्राविधिक क्षमता प्रदर्शन गर्ने अवसर दिनेछ र भविष्यका इन्जिनियर, आर्किटेक्ट तथा डिजाइनरहरूलाई व्यवहारिक अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।

फेस्टको औपचारिक उद्घाटन १२ गते दिउँसो १२ बजे हुनेछ र चार दिनसम्म चल्नेछ। पहिलो र दोस्रो दिन घर नक्सा र बलियो घर विषयक प्यानल डिस्कसन सञ्चालन हुनेछ भने तेस्रो दिन ‘जे गर्छु नेपालमै गर्छु’ विषयक अन्तरक्रिया हुनेछ। अन्तरक्रिया सत्र जारी रहँदा दैनिक प्रदर्शन पनि जारी रहनेछ। फेस्टको समापन १५ गते औपचारिक रूपमा गरिनेछ।

फेस्टमा प्रमुख सहकार्यकर्ता शिवम् सिमेन्ट रहेको छ। यसैगरी प्लम्बर पाइप मुख्य सहकार्य, टाइल पार्टनर नेपोभिट, यूपीभीसी पार्टनर पञ्चकन्या डीम्याक्स, प्रोपर्टी पार्टनर सारा सेवा, सेनेटरी पार्टनर स्वाती इन्टरप्राइजेज, इन्टेरियर पार्टनर सोफाहब, फर्निचर पार्टनर फर्निचर महल, र पेन्ट पार्टनर एसियन पेन्ट्स रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*