बीमा प्राधिकरणको संचालकमा सरकारी दुई प्रतिनिधि मात्रै

१० पुष २०८२, बिहीबार १६:३७

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको संचालक समितिमा सरकारको प्रतिनिधिमा मात्रै सिमित भएको छ । बीमा प्राधिकरणको अध्यक्षमा सहसचिव जनकराज शर्मा र कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल मात्र बोर्ड सदस्य छन् ।

बीमा ऐन २०७९ को दफा ६ अनुसार प्राधिकरणको संचालक समितिमा पाँच सदस्यीय हुनुपर्ने व्यवस्था छ ।

ऐनमा अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने र सदस्यमा अर्थ मन्त्रालय, कानुन मन्त्रालयका सहसचिव तथा जीवन र निर्जीवन बीमकको बिषयमा ज्ञान भएको दुई व्यक्ति रहने व्यवस्था रहेको छ । पाँचमध्ये एक महिला हुनुपर्ने कानुनी प्रावधान छ।

प्राधिकरणको कोरम नपुग्दा बोर्डमार्फत हुने निर्णयमा प्रभावित भएको छ। २०७८ मंसिर १६ गते सन्तोष रिजाललाई सरकारले चार वर्षका लागि नियुक्त गरेको थियो र उनले कार्यकाल पूरा गरी बाहिरिएका छन्। उनी बाहिरएसँगै कोरम नपुगेर प्राधिकरणले कुनै निर्णय गर्न सकेको छैन । रिजाल बाहिरिएपछि मन्त्रालयले गत साता बसेको मन्त्रिपरिषद्मा बीमा प्राधिकरणको संचालकमा नियुक्त गर्ने प्रस्ताव लिएर गएपनि नियुक्त भने गर्न सकेको थिए । आगामी मन्त्रिपरिषद्मा प्राधिकरणको संचालकको प्रस्ताव अघि बढाईने संचार मन्त्रालयले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*