एमजी र आइएमका ईभी किन्नेलाई ४ लाखसम्म लाभ, पारामाउन्ट मोटर्सको नयाँ वर्ष अफर

१० पुष २०८२, बिहीबार १७:३४

काठमाडौँ । एमजी र आइएम मोटर्सका लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक सवारी साधन खरिद गर्दा ग्राहकहरूले आकर्षक सुविधा र लाभ लिन सक्नेछन्।

सीमित अवधिका लागि लागू हुने यस एक्सचेन्ज अफरमार्फत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा पाउने व्यवस्था गरिएको छ। साथै, उत्कृष्ट मूल्यांकन सुविधा, थप एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरी र तत्काल डेलिभरीजस्ता सुविधा पनि योजनामा समावेश गरिएको कम्पनीले जनाएको छ। यो अफर एमजी र आइएमका विभिन्न इलेक्ट्रिक मोडलहरूमा लागू हुने बताइएको छ।

पारामाउन्ट मोटर्सका अनुसार देशभर रहेका आधिकारिक एमजी शोरूममार्फत ग्राहकहरूले यो योजनाको लाभ लिन सक्नेछन्। पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा कम्पनीले नयाँ वर्षलाई लक्षित गर्दै यस्तो योजना ल्याएको जनाएको छ।

एमजी र आइएमका इलेक्ट्रिक मोडलहरू आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड, उत्कृष्ट ड्राइभिङ अनुभव र कम सञ्चालन खर्चका कारण नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन्। यही लोकप्रियतालाई मध्यनजर गर्दै ग्राहकहरूलाई थप फाइदा दिने उद्देश्यले ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ योजना सार्वजनिक गरिएको कम्पनीको भनाइ छ।

यो विशेष एक्सचेन्ज अफर डिसेम्बर २५ देखि सुरु हुने छ। अफरसम्बन्धी थप जानकारीका लागि नजिकको आधिकारिक एमजी शोरूममा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*