शेयरधनीलाई निराश पार्दै बलेफी हाइड्रोपावरले बोलायो साधारणसभा
११ पुष २०८२, शुक्रबार ०८:०३

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले पुस २९ गते मंगलबार वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि शुरू हुनेछ।
कम्पनीले आफ्ना शेयरधनीहरूका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन। सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ।
चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, सञ्चालक समितिको बैठक भत्ता तोक्ने, सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने र हकप्रद शेयर निष्कासनको प्रस्ताव तय गरिएका छन्।
कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १४ गते शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गर्ने निर्णय गरेको छ। यसर्थ नेप्सेमा पुस १३ गतेसम्म कायम शेयरधनीहरू मात्रै सहभागी हुन पाउनेछन्।











