विन नेपाल र स्वरोजगार लघुवित्त मर्ज हुने, हस्ताक्षर सम्पन्न

११ पुष २०८२, शुक्रबार ०९:४२

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन्।

काभ्रेपलाञ्चोक बनेपा–१३ मा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्त र बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त मर्ज हुन लागेका हुन्।

यसका लागि पुस ९ गते साँझ ५ बजे प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर समेत सम्पन्न भएको विन नेपाल लघुवित्तका कम्पनी सचिव विरेन्द्र भक्त प्रधानाङ्गाले जानकारी दिएका छन्।

1766651071340

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*