दुई वटा कम्पनीलाई एक बनाउँने पाँचथर पावरको निर्णय

११ पुष २०८२, शुक्रबार १०:४८

काठमाडौं । पाँचथर पावर कम्पनीले दुई वटा कम्पनीलाई गाभ्ने भएको छ । कम्पनीको पुस ९ गते बसेको संचालक समितिको बैठकले यस सम्बन्धि निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार पाँचथर पावरले एक्सेस इन्भेष्टमेण्ट कम्पनी र मेघा भेन्चरलाई प्राप्ति गर्ने भएको छ । तिन वटै कम्पनी बीच समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय भएकाले उक्त प्राप्ति प्रक्रिया मर्जर तथा एक्विजिसन नियमावली, २०७९ बमोजिम अगाडि बढाइने कम्पनीले जनाएको छ ।

पाँचथर पावर कम्पनी नेप्सेमा सूचीकृत कम्पनी हो भने एक्सेस इन्भेष्टमेण्ट कम्पनी र मेघा भेन्चर नेप्सेमा सूचीकृत छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*