निर्जीवन बीमा कम्पनीको व्यवसाय १३% बढ्यो: वृद्धिदरमा हिमालयन एभरेष्ट अगाडि, आरबीसीएलको घट्यो (अन्यको सूचीसहित)

काठमाडौं । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। गत आवको यही अवधिसम्म १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका कम्पनीहरूको यस वर्ष भने १३.४६ प्रतिशतले आर्जन बढेको हो।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसायीक अवस्था भने दयनीय देखिएको छ। मंसिर मसान्तसम्ममा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा २६ प्रतिशतले गिरावट आएको छ। अधिकांश सरकारी परियोजनाको बीमा राष्ट्रिय बीमा कम्पनीमा नै गर्ने गरेका छन्। कम्पनीले यस बाहेक अन्य परियोजनामा ध्यान नदिंदा वर्षेनी व्यवसाय वृद्धिको सट्टा गिरावट तर्फ लागेको देखिन्छ।
सलिकोले सबैभन्दा धेरै २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड ५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७० लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यसैगरी एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ, यूनाईटेड आजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड २१ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब २२ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यसपछि दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड ७१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड ७२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ र सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनी (आरबीसीएल) ले ४९ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
वृद्धिदरको आधारमा
वृद्धिदरको आधारमा हेर्ने हो भने हिमालयन एभरेष्टको सर्वाधिक ४३.२६ प्रतिशतले, एनएलजीको ३९.६० प्रतिशतले, यूनाइटेड अजोडको २७.९५ प्रतिशतले, शिखरको २३.४१ प्रतिशतले, सानिमा जीआईसीको २२.४६ प्रतिशतले र आईजीआई प्रुडेन्सियलको १४.६५ प्रतिशतले कुल बीमाशुल्क बढेको छ।

त्यसैगरी नेशलनको ११.६६ प्रतिशत, नेपालको ७.६८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ५.४८ प्रतिशत, प्रभुको ४.१४ प्रतिशत, नेकोको २.१६ प्रतिशत र सलिकोको ०.८८ प्रतिशतले बढेको भने दुई कम्पनीहरू दि ओरियन्टलको ०.८७ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको २६.५३ प्रतिशतले कुल बीमाशुल्क घटेको तथ्यांकले देखाएको छ।













