ओमोडा एण्ड जेकोको ब्रान्ड एम्बेसडरमा क्रिकेटर रोहित पौडेल नियुक्त

काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
काठमाडौंमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी जेको जे–५ हस्तान्तरणकाबीच नयाँ ब्रान्ड एम्बेस्डरमा पौडेललाई नियुक्त गरेको हो । सोही कार्यक्रममा ओमोडा जेको ब्राण्डका पुराना एम्बेसडर तथा क्रिकेट स्टार दिपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रम नेपाल प्रिमियर लिग सिजन २ को सफलतापूर्वक समापन पछिको एक महत्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको छ । जहाँ रोहित पौडेलले लुम्बिनी लायन्सलाई ऐतिहासिक च्याम्पियनसिप उपाधि दिलाएका थिए । प्रतियोगिताभरिको उनको असाधारण अलराउन्ड प्रदर्शनका लागि रोहितलाई आधिकारिक रूपमा ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट’ घोषित गरिएको थियो ।
यस उपलब्धिको कदर गर्दै एसपीजी अटोमोबाइल्सले रोहितलाई बहुप्रतिक्षित जेको ५ इलेक्ट्रिक एसयुभि प्रदान गरेको छ । खेलकुदमा खेलाडीको योगदानलाई थप सम्मान गर्न, एसपीजी अटोमोबाइल्सले उपहार स्वरूप दिइएको उक्त गाडीमा लाग्ने सम्पूर्ण विन्डफल ट्याक्स समेत आफैले बेहोर्ने घोषणा गरेको छ । जसले गर्दा च्याम्पियनले कुनै आर्थिक भार बिना आफ्नो पुरस्कार प्राप्त गर्न सक्नेछ ।
ड्रिभन बाई च्याम्पियन्सः उत्कृष्टताको विरासत ‘ड्रिभन बाई च्याम्पियन्स’ भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा दिपेन्द्र सिंह ऐरीसँगको निरन्तर साझेदारीको पनि उत्सव मनाइएको थियो । दिपेन्द्र एनपीएलको पहिलो सिजनमा ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट’ चुनिएदेखि नै ब्रान्डका लागि एक बलियो स्तम्भको रूपमा रहँदै आएका छन्।
‘रोहित र दिपेन्द्र दुवैले लचकता, नवीनता र नेतृत्वको भावना बोकेका छन् जुन ओमोडा र जेकोको मुख्य विशेषता हो ।’ एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले भने, ‘नेपाली क्रिकेटका उत्कृष्ट प्रतिभाहरूलाई सबैभन्दा उन्नत विद्युतीय सवारी प्रविधिसँग जोडेर हामी साँच्चै च्याम्पियनहरूद्वारा सञ्चालित ‘ड्रिभन बाई च्याम्पियन्स’ भएका छौं।’













