नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट
११ पुष २०८२, शुक्रबार १४:५८

काठमाडौं। नागरिक लगानी कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालि भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ ।
सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशब राज भुर्तेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, शेयरधनी र कर्मचारीले उक्त छुट पाउनु हुनेछ । छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।













