प्रभु बैंकका सीईओ शेरचनसहित सम्पूर्ण कर्मचारी रिहा
११ पुष २०८२, शुक्रबार १५:३०

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका छन्। सरकारी वकिलको कार्यालयले उनलाई हिराशत मुक्त गर्ने निर्णय गरेको हो ।
सीईओसहितका सम्पूर्ण कर्मचारी रिहा भएका केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बीमापोष्टलाई जानकारी दिए ।
प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन र कुसुम लामाबीचको आर्थिक लेनदेनसम्बन्धी विवाद गहिरिँदै जाँदा त्यसको प्रभाव प्रभु बैंकसम्म पुगेको थियो। विवादसँग जोडिएका विषयहरू बाहिर आउन थालेसँगै बैंक स्वयं र यसको प्रमुख कार्यकारी अधिकृत शेरचनसमेत छानबिनको घेरामा परेका हुन् ।
सिआईबिले उनलाई गत मंसिर १४ गते पक्राउ परेको थियो। अब उनीहरुलाई बाहिर राखेर अनुसन्धान हुनेछ ।













