२०२६ लाई लक्षित गर्दै हिरोको ‘हातमा सात’ योजना, ग्राहकलाई नगद छुट र सहज फाइनान्स

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरमा नयाँ अंग्रेजी वर्ष २०२६ लाई लक्षित गर्दै ‘हातमा सात’ अफर सुरु गरिएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले ग्राहकलाई लक्षित गरी उक्त अफर सार्वजनिक गरेको हो ।
अफरअन्तर्गत हिरोको मोटरसाइकल वा स्कुटर खरिद गर्ने नयाँ ग्राहकले ७ हजार रुपैयाँ क्यासब्याक पाउने छन् । कम्पनीका अनुसार यस योजनामार्फत ग्राहकलाई नयाँ वर्षको अवसरमा प्रत्यक्ष आर्थिक लाभ दिन खोजिएको हो ।
यसका साथै, अफरमा एक्सचेन्ज सुविधा पनि समावेश गरिएको छ । ग्राहकले जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साट्दा न्यूनतम २५ हजार रुपैयाँ थप मूल्यांकन पाउने छन् । त्यसमा कम्पनीले अतिरिक्त १० हजार रुपैयाँसम्म मूल्यांकन थप गर्ने व्यवस्था गरेको जनाएको छ ।
किस्ताबन्दीमा सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि पनि सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ । यस योजनाअन्तर्गत नागरिकता र लाइसेन्सका आधारमै कर्जा लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
उक्त अफर पुस १६ गतेसम्म हिरोका देशभरका सम्पूर्ण आधिकारिक शोरुमहरूमा लागू हुनेछ ।













