निर्जीवन बीमा कम्पनीहरुको मंसिर महिनाको व्यवसाय तीन अर्ब ६४ करोड, कुनको कति ?

१२ पुष २०८२, शनिबार १०:२२

काठमाडौं । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनामा कुल तीन अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले महिना दिनको अवधिमै सो व्यवसाय गर्न सफल भएका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको तुलनामा १८.२१ प्रतिशतले व्यवसाय बढाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब आठ करोड पाँच लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए । समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले मंसिर महिनामा ४३ करोड ५६ लाख रुपैयाँको व्यवसाय गरेको छ । गत आवको तुलनामा कम्पनीको व्यवसाय २ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सले मंसिर महिनामा ४१ करोड १८ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४० करोड ११ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३९ करोड ४८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३१ करोड १७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३१ करोड ५९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २८ करोड ५९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २३ करोड ८४ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेको छ ।

समीक्षा अवधिमा सानिमा जिआईसी इन्स्योरेन्सले २० करोड १० लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सले १९ करोड ३० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १५ करोड नौ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १४ करोड १४ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले नौ करोड ७३ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले पाँच करोड ६० लाख रुपैयाँको व्यवसाय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*